मेड्रिड (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका छन् । नेपाली भ्रमण दलसँगै पुगेका प्रधानमन्त्री ओलीले बिहीबार उक्त रंगशालाको अवलोकन गरेका हुन् ।


ADVERTISEMENT


उक्त अवसरमा प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए । साथै उनलाई केपी ओली लेखिएको रियल मेड्रिडको जर्सी समेत स्तान्तरण गरिएको थियो ।


ADVERTISEMENT

# # #


स्पेनको सेभियामा आयोजित संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट)चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओली असार १५ गते त्यसतर्फ लागेका थिए ।

उनी स्पेन भ्रमण पूरा गरी असार २० गते स्वदेश फर्किँदैछन् ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय