काठमाडौँ– एसइई परीक्षामा ४ जीपीए प्राप्त गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ उनकी श्रीमती सावित्री गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने घोषणा गरेका छन्।


ADVERTISEMENT


भक्तपुरको एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमाले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएपछि उनको सफलता सञ्चार माध्यममा सार्वजनिक भएको थियो। यसपछि समाजसेवी समेत रहेका गुरुङ दम्पतीले गोमाको शैक्षिक भविष्यमा सहयोग गर्ने निर्णय गरेका हुन्।


ADVERTISEMENT

# # #


बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले उनलाई एक लाख रुपैयाँ नगद, एक ल्यापटप र सम्मानपत्रसहित सम्मान गरे।

यस अवसरमा, गुरुङ दम्पतीले गोमाको थप अध्ययन र शिक्षामा सघाउने प्रतिवद्धता जनाएका थिए।