विराटनगर– सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि कोशी प्रदेशको १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु गरिएको छ ।


ADVERTISEMENT


कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मंत्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा शुरु भएको ट्राफिक सप्ताहमा ट्राफिक नियम र सडक अनुशासन पालना गराउन सचेतना कार्यक्रमहरु संचालन गर्नुका साथै अनुगमन र कारवाही गरिने बताइएको छ ।


ADVERTISEMENT

# # #


ट्राफिक सप्ताह कार्यक्रमको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले सडक दुर्घटना कोशी प्रदेशका लागि चुनौतीको विषय बनेकाले यसबारे कानुन बनाउन आवश्यक भए आफुहरु तयार रहेको बताउए । उनले व्यक्ति सचेत भए मात्र पनि सडक दुर्घटना न्यून गर्न सकिने भएकाले विद्यार्र्थी र घर परिवारबाटै सडक अनुशासन शुरु गर्नुपर्ने धारणा राखे ।

कोशी प्रदेशमा चालू आर्थिक वर्षको ११ महिनामा ५ हजार सवारी दुर्घटना भएकोमा ३ सय ८१ जनाको मृत्यु भएको जानकारी गराइएको थियो ।