काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
सिटौलालाई आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फूल मालासहित काँग्रेस भित्र्याएका हुन् । देउवाले उनलाई काँग्रेसको सदस्यमा समेत प्रदान गरेका छन् ।
सिटौला नेपालमा यातायात व्यवसायीहरुको हक र हितका लागि निकै सक्रिय छन् । उनी काँग्रेस प्रवेश गरेसँगै यातायात क्षेत्रका मुद्दालाई अझ प्रखर रुपमा उठाउने र व्यवसायीको सुरक्षा र संरक्षणका लागि थप प्रभावकारी काम गर्ने अपेक्षा यातायात व्यवसायीहरुले गरेका छन् ।