काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुखले बजेटको छलफलमा भाग लिने परिस्थिति बनाउन नसकेको बताएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लिङ्देनले संसद अवरुद्ध भइरहेको अवस्थामा सभामुखले जवरजस्त सदन चलाएर बजेटको छलफलमा भाग लिने परिस्थीति बनाउन नसकेको बताएका हुन् । संसदीय मर्यादाविपरित सदन सञ्चालन भएकाले राप्रपाले बहिष्कार गरेको उनले बताए ।
उनले भने, ‘बजेटको छलफलमा भाग लिने परिस्थिति सभामुखले नै बनाइ राख्नुभएको छैन । जबसम्म संसदमा एउटा थिति बस्दैन र शान्तिपूर्ण ढंगले संसद सुरु हुने वातावरण बन्दैन, तबसम्म यस प्रकारको बहिष्कार हामीले गरिराख्छौँ ।’
अध्यक्ष लिङ्देनले शान्तिपूर्ण तवरले सदन सञ्चालन नभएसम्म निरन्तर बहिष्कार गर्ने स्पष्ट पारे ।
उनले सदनभित्र १ सिटको पनि महत्व हुने भएकाले सबैको भावनालाई बराबर रुपमा समेट्नुपर्नेमा त्यसअनुसारको काम हुन नसकेको धारणा राखे ।