काठमाडौँ – फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्क विहीन बनेका डा. केशव श्रेष्ठको सकुशल उद्दार गरिएको छ । डा. श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार काठमाडौँ तार्केश्वर नगरपालिका–३ स्थित एक रिसोर्टबाट उद्दार गरेको हो ।


ADVERTISEMENT


स्टाटसमा डा. श्रेष्ठले आफूले रामेछाप अस्पतालमा २१ मध्ये १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेण्ट भएर चलाउने मौका पाएको बताएका छन् । आफू प्रमुख भएपछि अस्पतालमा काम चोर्ने, ठग्ने, प्रणालीमा नबस्ने कर्मचारीहरूको भागाभाग हुन थालेको र सोही झोँकमा कर्मचारी स्थानीयको समूहले आफूविरुद्ध आइलागेको उनले बताएका थिए ।


ADVERTISEMENT

# # #


त्यसक्रममा डा. श्रेष्ठले आफूलाई स्वार्थ समूहले झुटा आरोप लगाएको, आर्थिक चलखेलमा फसाउन खोजेको र अस्पतालमा परिवर्तनका काम गर्दा सरुवा हुनु परेको भन्दै लामो स्टाटस लेखेका थिए । स्टाटसमा उनले परिवारका सदस्यलाई अलविदा समय लेख्दै सम्पर्कविहीन भएका थिए ।

उनको स्टाटसपछि काठमाडौँ प्रहरीको टोली काठमाडौँ उपत्यकाभर परिचालन गरिएको थियो ।