काठमाडौँ – रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफुहरुको राखेका मागका विषयमा सत्तापक्ष गम्भीर नभएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले सदनको गतिरोध खुलाउने विषयमा पटक पटक छलफल भए पनि सत्तापक्ष गम्भीर नभएको बताएका हुन् । आफूरुले उठाएका मागका बारेमा कांग्रेसका नेताहरु असहमत भएपछि सहमतिको वातावरण बन्न नसकेको उनले बताए ।


ADVERTISEMENT

# # #


परियारले भिजिट भिसा प्रकरण सानो घटना नभएकाले छानबिन समिति बनाउनका लागि प्रस्ताव गरे पनि सत्तापक्षले गृहमन्त्रीको राजीनामा पनि नआउने र समिति पनि नबन्ने भनेपछि संवादमा बस्नुको कुनै औचित्य नभएको जिकिर गरे ।

परियारले सत्तापक्षले प्रतिपक्षीको माग सम्बोधन गरे सबै समस्या समाधान हुने स्पष्ट पारे ।