काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पौडेलले आफूले ल्याएको बजेट बजेट बजेटमा परिस्थिति भन्दा बाहिर गएर स्रोतको अनुमान नगरिएकाले यथार्थपरक रहेकाले कार्यान्वयनमा चुनौती नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


सुरु भएका आयोजनाहरुलाई सम्पन्न गर्नका लागि बजेटले विशेष ध्यान दिएको उनले बताए । ‘बजेट यथार्थपरक छ र अनुशासनतिर फर्किएको छ । सीमित स्रोतको अत्याधिक सदुपयोग कसरी गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित छ ।’ उनले भने, ‘यसको फोकस सुरु भएका काम सम्पन्न गर्नेतर्फ छ । कार्यान्वयनका सन्दर्भमा जहिले पनि चुनौती त हुन्छन्, तर चुनौती पन्छाउँदै कार्यान्वयन गर्ने सक्ने गरी नै बजेट प्रस्तुत गरेको छु ।’

मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल बनाउने र लगानी वृद्धि गर्ने दृष्टिकोणले अनुकुल रहको दाबी गरे । उनले अनावश्यक रुपमा स्रोतको अनुमान नगर्नु नै अहिलेको बजेटको विशेषता रहेको जिकिर गरे ।