विराटनगर– कोशीका चारजना सांसद सदस्य सवार गाडी दुर्घटना भएको छ ।
सोमबार झापाबाट विराटनगरतर्फ आँउदै गरेको बा ५ च ३५२० नम्बरको गाडी विपरीत दिशाबाट आएको कारसँग ठोक्किँदा कानेपोखरीस्थित दुर्घटना भएको हो ।
गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । गाडीमा सामान्य क्षति पुगेपनि कसैलाई चोट नलागेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार, सांसदहरू कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।