काठमाडौँ – थाइल्याण्डको बैँककमा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा नेपालले बहराईनविरुद्ध दोस्रो खेलमा पनि जित हात पारेको छ । बिहीबार बैंककस्थित ट्रेड थाई क्रिकेट ग्राउण्डमा नेपालले बहराइनलाई डीएल मेथडमा ६ विकेटले हराएको हो ।


ADVERTISEMENT


टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि ७’७ ओभरमा झारिएको थियो । जसअनुसार नेपालले ७ ओभरमा ५६ रनको चुनौती पाएको थियो ।


ADVERTISEMENT

# # #


५६ रनको चुनौती नेपालले ५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितका लागि कप्तान इन्दु बर्माले विष्फोटक ब्याटिङ गरिन् । उनले ७ बलमा ४ चौका र १ छक्का प्रहार गरेपछि नेपालले सहज जित हात पारेको हो । यस्तै पूजा महतोले १३ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ पविथ्रा सेठीले सर्वाधिक ३ विकेट लिइन् ।

यसअघि ब्याटिङतर्फ बहराइनकी राशिका रोड्रिगोले सर्वाधिक २४ रन बनाइन् भने कप्तान दीपिका रसांगिकाले २३ तथा थरंगा गजनायकेले १२ रनको योगदान गरिन् । नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन् ।

कसरी पुग्न सक्छ नेपाले विश्वकपमा ?

आजको जितसँगै नेपालले विश्वकपमा पुग्ने सम्भावना जीवितै राखेको छ । समूह ‘सी’मा रहेको नेपालले ४ खेलमा २ जित, १ हार र एक अनिर्णितसँगै ५ अंक बटुलेको छ । जसमा नेपालले हङकङसँगका २ मध्ये एउटा खेलमा हार र एउटा खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नुपरेको थियो भने बहराईनलाई दुबै खेलमा डीएसएलमा हराएको हो ।

यता हङकङले ३ खेलमा १ जित र २ अनिर्णितसँगै ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । हङकङले बहराइनसँग अन्तिम खेल खेल्न बाँकी छ । उक्त खेल हङकङ हारेमा प्रतियोगिताको सुपर ३ मा पुग्नेछ भने जितेमा नेपालको यात्रा समूह चरणबाटै सकिनेछ ।

यसअघि समूह ‘ए’को विजेता थाइल्याण्ड र समूह ‘बी’को विजेता युएई सुपर ३ मा पुगिसकेका छन् । जहाँ तीनवटै टोलीले एकअर्कासँग १–१ खेल खेल्नेछन् । सुपर–३ को शीर्ष स्थानमा रहने टोली अर्को वर्ष युएईमा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।