काठमाडौँ– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरेको हो । विदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले सिरिजमा नेपाली टीम उच्च मनोवलका साथ उत्रने बताए ।


ADVERTISEMENT

# # #


स्कटल्याण्डमा हुने खेल मध्ये २–३ खेलमा मात्रै जित निकाल्न सके आगामी दिनमा विश्वकप लिग–२ को यात्रा सहज हुने उनले जनाए । उनले विश्वकप लिग–२ को सुरुवात सुखद ढंगले हुने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले विश्वकप लिग–२ नेपालका लागि निकै महत्वपूर्ण भएकाले नेपाली टीमले आफ्नो क्षमता देखाउने सुनाए । वरियतामा नेपाल अलि तल रहेपनि नेपाली टोलीले राम्रो नजिता ल्याउने उनको भनाइ छ ।

नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि अभ्यास खेलहरु खेल्नेछ । त्यसपछि लिग–२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ । त्यसपछि नेपाली टोली युके भ्रमणमा जाने तालिका रहेको छ ।