काठमाडौँ – गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोधी कुनै पनि गतिविधि सह्य नहुने बताएका छन् ।
मंगलबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री लेखकले कुनैपनि वादका नाममा संविधान र गणतन्त्र विरोधी गतिविधिलाई स्वीकार्न नसकिने उल्लेख गर्दै त्यस्ता गतिविधि गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइएने बताएका हुन् ।
उनले जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही गएमा त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिने स्पष्ट पारे ।
सदनमा पुगेका सवै बिधेयकहरुलाई टुङ्गोमा पुराउन लागिएको जानकारी दिदै गृहमन्त्री लेखकले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नेबाटोमा अघि बढेको बताए ।
त्यस्तै उनले गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए । वर्तमान सरकार पुरै अवधि टिक्ने भएकाले आशंका गर्नुपर्ने कुनै ठाँउ नरहेको उनको भनाइ छ ।