काठमाडौँ– भारतइरान संयुक्त आयोगको २०औँ बैठकको उद्घाटन सत्रमा भारतीय विदेशमन्त्री एस जयशंकरले इरानी समकक्षीलाई सम्बोधन गर्दै भारतको सुरक्षा सम्बन्धी अडानलाई स्पष्ट रुपमा प्रस्तुत गरेका छन्।
उनले पछिल्ला सीमापार आतंकवादी गतिविधिहरूप्रति भारतले गरेको जवाफी कारबाहीलाई न्यायोचित र लक्षित प्रतिक्रिया भएको बताएका छन्।
विदेशमन्त्री जयशंकरले भने, ‘महामहिम, तपाईं यस्तो समयमा भारत भ्रमणमा हुनुहुन्छ, जब हामी जम्मु–कश्मीरमा अप्रिल २२ मा भएको बर्बर आतंकवादी आक्रमणको जवाफ दिइरहेका छौं।’
उनले मे ७ मा भारतले सीमा पारि आतंकवादी पूर्वाधारमा लक्षित हमला गर्न बाध्य भएको उल्लेख गर्दै भने, ‘हाम्रो प्रतिक्रिया लक्षित र उद्देश्ययुक्त थियो। यसले स्थिति झनै बिगार्ने उद्देश्य बोकेको थिएन। तर, यदि भारतमाथि पुनः सैन्य आक्रमण भयो भने हाम्रो जवाफ अझ कडा हुनेछ भन्नेमा कुनै द्विविधा छैन।’
जयशंकरको यो भनाइले भारतको सुरक्षा नीति र आतङ्कविरुद्धको अडानलाई अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा दृढ रूपमा प्रस्तुत गरेको छ। यो वक्तव्यले भारतले सीमा पार आतङ्कवादको सामना गर्न कति दृढ अडान लिएको छ भन्ने संकेत गरेको विश्लेषकहरूले बताएका छन्।