नयाँ दिल्ली – भारतद्वारा पाकिस्तानमा गरिएको हवाई आक्रमण ‘अपरेशन सिन्दूर’लाई प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको गौरवको क्षण रहेको बताउदैँ भारतीय सेनाको उच्च प्रशंसा गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीले देशको सुरक्षामा सेनाको बलिदान, रणनीति र तत्परताको खुलेर प्रशंसा गरेका हुन् । उक्त कारबाही भारतको संप्रभुता र सुरक्षाका लागि उठाइएको ऐतिहासिक कदम रहेको उनको राय छ ।
पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप भारतीय वायुसेनाले पाकिस्तानको सीमाभित्र छिरेर लक्षित स्थलमा हवाई आक्रमण गरेको थियो। प्रधानमन्त्री मोदीले मन्त्रीपरिषद्को बैठकमा कारबाहीको अपरेशन सिन्दूरले भारतको सुरक्षा क्षमताको स्पष्ट सन्देश दिएको बताए । यो केवल सैन्य कारबाही नभई भारतको आत्मरक्षाको अडान समेत रहेको उनको भनाई छ ।
बैठकमा उपस्थित मन्त्रीहरूले प्रधानमन्त्री मोदीलाई दृढ नेतृत्वका लागि बधाई दिँदै, सेनाको साहस र सफलतामा गर्व व्यक्त गरे।