काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले निलो किताबमा लेखेर मात्रै गणतन्त्र नबाँच्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै कार्कीले नीति तथा कार्यक्रमको निलो किताबको पहिलो बुँदामा नै गणतन्त्रलाई संस्थागत गर्ने र यसका बिरुद्धलाई कारवाही गर्ने उल्लेख गरिएको भन्दै निलो किताबमा लेखेरमात्रै गणतन्त्र नबाँच्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आफुहरुको आन्दोलनबाट डराएर सरकारले नीति तथा कार्यक्रममा गणतन्त्रलाई संस्थागत गर्ने उल्लेख गरेकाले यो सरकारको कायरपन भएको तर्क गरे । कार्कीले आफ्ना मुद्दाहरुलाई अघि बढाउन खोज्दा नेताहरुलाई हतकडी लगाएकोप्रति आक्रोश व्यक्त गर्दै कार्की गिरिबन्धु टि–इस्टेट र ललिता निवासका भ्रष्टाचारीलाई हतकडी लगाउन चूनौति दिए ।

उनले आफु फस्ने डरले सरकारले चैत्र १५ गते भएको घटनाको न्यायीक छानविन गठन गर्न सरकार तयार नभएको बताए ।