काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिने गरी सरकारको नीति तथा कार्यक्रम आएको बताएका छन् ।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले मुलुकमा देखिएको अर्थतन्त्र लगाएतका समस्यालाई समाधान गर्ने गरि सरकारको नीति तथा कार्यक्रम आएको बताएका हुन् ।
नीति तथा कार्यक्रममा आएको विषयलाई अव बजेटमार्फत व्यवस्थीकरण गर्न जरुरी रहेको उनले बताए । उनले जनताहरुलाई आशामा रुपान्तरण गर्नका लागि सरकारको कार्यक्रमले मद्दत पुर्याउने धारणा राखे ।
बर्तौलाले सत्तासाझेदार दल कांग्रेससंग छलफल गरेरै सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याएको भन्दै यसमा केहि कमी भए बजेटमार्फत सम्बोधन गर्नेगरी अघि बढ्ने बताए ।