काठमाडौँ – नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनलाई प्रहरीले प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो।


ADVERTISEMENT


चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारीमा थिए। सादा पोशाकमा आएका प्रहरी अधिकारीहरूले उनलाई कार्यक्रमस्थलबाट नियन्त्रणमा लिएका हुन्।


ADVERTISEMENT

# # #


प्रहरी वृत्त, मालिगाउँका डीएसपी सुनीलजंग शाहीले हिमालय पोष्टसँग भने, ‘मलाई पक्राउ गर्ने टोलीको बारेमा थाहा छैन, तर चौधरी हाल प्रहरीको कुनै युनिटको नियन्त्रणमा रहेको सूचना प्राप्त भएको छ।’

चौधरी पक्राउको विषयमा थप विवरण आउन बाँकी छ ।