काठमाडौँ — हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स) अस्पतालले स्वास्थ्य क्षेत्रका विभिन्न समस्याको समाधानका लागि छलफल एवं संवाद कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा ‘स्वास्थ्य सबैको सरोकार’ नारासहित एक सामाजिक उत्तरदायित्व कार्यक्रमको आयोजना गर्दै आएकोमा अस्पतालले चैत्र २९ गते संवाद शृंखला–२ आयोजना गर्ने भएको हो ।
नागरिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबारे बृहत् छलफल गरी समाधानका उपाय र सुझाव निकाल्नु कार्यक्रमको उद्देश्य रहेको अस्पतालले बताएको छ । कार्यक्रम तीन सत्रमा विभाजित हुनेछ, जसमा स्वास्थ्य सेवा, नागरिक स्वास्थ्यमा लगानी र सरकारको दृष्टिकोणबारे छलफल गरिने बताइएको छ ।