काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।
कोटेश्वर, बौद्ध, सुकेधारा, बसुन्धारा, बालाजु र कलंकी क्षेत्रबाट निकालिएको र्यालीका सहभागीहरु बिजुलीबजारमा जम्मा हुँदै नारायणहिटीसम्म पुगेको हो ।
त्यसपछि बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, भोटाहिटी, जमल, दरबारमार्ग हुँदै नारायणहिटी दरबार संग्रहालय अगाडि पुगेर समापन भएको थियो ।
राप्रपा र्यालीका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा कठिनाई देखिएको छ । जसकारण विरलै जाम हुने करिडोर क्षेत्र भएर यात्रा गर्नेहरु पनि आज जाममा परेका छन् ।
राप्रपाले राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश संरचना खारेजी, भ्रष्टाचार अन्त्य लगायतका माग राखेर आज मोटरसाइकल र्याली आयोजना गरेको हो ।