काठमाडौँ– नेपाल बार एसोसिएसन केन्द्रीय समितिबाट अनुमोदित सम्पूर्ण मतदाताहरुलाई बार केन्द्रीय कार्यसमिति निर्वाचनमा सहभागी गराउनुपर्ने भन्दै कानून व्यवसायीहरुले बार भवनमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


निर्वाचनको नामावलीमाथि उजुरी परेपछि काठमाडौं बारका केहि सदस्यहरुलाई नियोजित रुपमा हटाउने तयारी भएको भन्दै डेमोक्रेटिक लयर्स एसोसिएसनमा आवद्ध कानून व्यवसायीहरुले काठमाडौंको रामशाहपथस्थीत बार भवनमा प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


केन्द्रीय कार्यसमितिबाट अनुमोदन भई निर्वाचन समितिलाई मतदाता नामावली बुझाइसकेको अवस्थामा सोहि मतदाता नामावलीका आधारमा निर्वाचनमा भाग लिन पाउनुपर्ने डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का काठमाडौं अध्यक्ष सुशीलराज पौडेलले बताए । उनले नामावलीहरूको हकमा छानबिन गर्नुपरे काठमाडौंमात्रै नभइ सबै जिल्लाको नामावलीमा छानविन हुनुपर्ने माग राखे ।

प्रदर्शनमा सहभागीहरुले सम्पूर्ण मतदाताहरुलाई मतदानको अधिकार प्रदान गर, बारको विधानको दफा २५ अनुसार मतदाता नामावली कायम गर, काठमाडौंका केहि सदस्यलाई हटाउने एकतर्फी निर्णय वदर गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।