काठमाडौँ – नेपाली कांग्रेसका सांसदहरुले सरकारलाई प्रभावकारी ढंगले अघि बढाउन सुझाव दिएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै सांसदहरुले एमालेसँग भएको सहमतिअनुसार सरकारलाई प्रभावकारी ढंगले अघि बढाउन सुझाव दिएका हुन् । बैठकमा सांसदहरुले अध्यादेश, संसदका कामकारवाही, समसामयीक रुपमा गम्भीरतापूर्वक धारणा राखेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
सांसदहरुले बोल्ने क्रम जारी रहेको र माघ १८ गते बस्ने बैठकमा बाँकी सांसदहरुले धारणा राखेर जवाफ दिएपछि बैठक सकिने उनले बताए । घिमिरेले सरकार परिवर्तनको कुरा कसैले नगरेको र सरकार ढल्ने कुरामा कुनै सत्यता नरहेको उल्लेख गर्नुभयो । सात बुँदे सम्झौतालाई कार्यान्वयन गरेर सरकार पूरा अवधि चल्ने उनको भनाइ छ ।
घिमिरेले सहकारी पीडितहरुको पैसा राज्यले परिपूरण गर्न गाह््रो रहेको र राज्य सक्षम नरहेकाले जसले अपचलन गरेको छ, त्यसैबाट भराएर फिर्ता गराउनुपर्छ भन्नेमा जोड रहेको धारणा राखे ।