काठमाडौँ– काठमाडौंको सुकेधारामा पाँचतारे मक्र्योर होटल सञ्चालनमा आएको छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुपअन्तर्गतको मक्र्योर ब्रान्डले व्यवस्थापन गरेको उक्त होटलको उद्घाटन गरेका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे । होटललाई उद्योगको रुपमा सरकारले बुझेको भन्दै त्यही अनुसारको आवश्यक सहजीकरण गर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले होटेल व्यवसायकामा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा समेत गरे । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले तीन अर्ब रूपैयाँभन्दा बढी लगानीमा उक्त होटल निर्माण गरेका हुन् ।