काठमाडौँ– आइतबार बिहान काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ ।


ADVERTISEMENT


आइतबार बिहान बी एए ८७१४ नम्बरको कार मदन भण्डारी कलेज नजिकैबाट धोबीखोलामा खसेको हो ।


ADVERTISEMENT

# # #


बिहान ६ बजेतिर कार धोबीखोलामा खसेको स्थानियले बताएका छन् । कार खोलामा खसेर उत्तानो परेपनि चालक भने सकुशल रहेको र
कुनैपनि मानविय क्षति नभएको काठमाडौं प्रहरीले जनाएको छ ।

सडकमा गाडि चलाईरहदा पुल भनेर झुक्किदा खोलामा खस्न पुगेको चालकको भनाई छ । सडकमा बार नहुदा झुक्किएर बारम्बार यस्ता दुर्घटना हुने गरेको स्थानिय बताउँछन्।