काठमाडौँ – पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


लिगको आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन गरेका थिए । उचाईको नयाँ उडान स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने केडिया ग्रुपले जनाएको छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने आयोजकले जनाएको छ । कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेलकुदको माहोल हुदा पनि पूर्वाधार नहुदा खेलकुदको सोचेजस्तो विकास हुन नसकेको बताए ।

नेपाल ओलम्पीक कमिटीको निर्वाचनप्रति लक्षित गर्दै उनले अदालतको आदेश समेत नमान्ने प्रवृति खेल संस्थामा देखिएको भन्दै सवैले ऐन नियम मान्नुपर्ने बताए । उनले सरकारको निर्देशन र कानून नमान्ने खेलकुद संघहरुलाई कडा कारवाही गर्ने चेतावनी दिए ।

९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । कार्यक्रममा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबलको रजत विजेता नेपाली यू–२० राष्ट्रिय टोलीका सदस्यलाई नगद सहित सम्मान गरिएको थियो ।