काठमाडौँ– युनियन मेवा हाइड्रो लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिदर १०० रुपैयाँले कुल ३५ लाख ३८ हजार ६०५ कत्ति निष्काशन गर्न लागेको हो ।
सो आईपिओको बिकूी प्रवन्धकमा कम्पनीलेलक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । एक समारोहबीच यी दुई संस्थाबीच सो सहकार्य सम्झौता सम्पन्न भएको हो । जसमा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।
युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।