काठमाडौँ– त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।


ADVERTISEMENT


बुधबार सिडिओ कार्यालय गई डाक्टर केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी डाक्टर अभिषेक सिंह लगायतले निवेदन दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरूले पराजुलीको नाममा फरक फरक समयमा फरक फरक उमेर उल्लेख गरी जारी भएको नागरिकताको प्रतिलिपी, र त्यसबेलाको मिसिल फाइल सिफारिश र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन् ।