काठमाडौँ – विवादित विद्यालय शिक्षा विधेयक प्रतिनिधिस भामा पेश भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन् ।


ADVERTISEMENT


विधेयक पेश गर्दै शिक्षामन्त्री राईले विधेयकलाई परिमार्जनसहित प्रस्तुत गरिएको र कतिपय कुराहरुलाई संसदले नै टुंग्याउने बताए । उनले विद्यालय शिक्षालाई व्यवस्थित र सबल बनानका लागि विधेयक ल्याउनुपरेको बताए ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्बाट पारित भएर यसअघि नै संसद सचिवालयमा दर्ता भएको विधेयक अब संसदमा छलफलपछि पारित हुनेछ ।

विधेयकविरुद्ध स्थायी र राहत शिक्षकले काठमाडौँमा लगातार विरोध प्रदर्शन गरेका थिए । शिक्षकका माग सम्बोधन गर्ने सहमति भएसँगै सरकारले विधेयश दर्ता गरेको हो ।