काठमाडौँ —  जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काभ्रेबाट ८ जना पक्राउ गरेको छ ।


ADVERTISEMENT


पनौती नगरपालिका–५,चौकोटस्थित घनश्याम अधिकारीको होटेलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले अधिकारीसहित ८ जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूको साथबाट ५५ हजार ९९० रुपैयाँ र एक बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।