काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र दलालहरुको जालो नतोडेसम्म मुलुकलाई समृद्धितर्फ अघि बढाउन समस्या भएको बताएका छन् ।


ADVERTISEMENT


नेपाल बुद्धिजीवी संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको भ्रष्टचार विरुद्ध सुशासन प्रवर्धनका चुनौती विषयक विचार गोष्ठीमा बोल्दै उनले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र दलालहरुको जालोले मुलुकमा भ्रष्टाचारले जरा गाढेका कारण मुलुकलाई समृद्ध बनाउन बाधक भइरहेको भन्दै उक्त जालो तोड्दै सुशासन कायम गर्ने र समृद्धिको दिशातर्फ अघि बढ्न सरकारको लक्ष्य रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टीलाई भोट बटुल्ने गरी सरकारले सुशासनको कदम नचालेको र सुशासनमार्फत मुलुकलाई समृद्ध बनाउन भ्रष्टाचारीलाई कारवाहीको अभियान सुरु गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको जिम्मेवारी लिएकै दिन सुशासन, समृद्धि र सामाजिक न्यायको घोषणा गरेको भन्दै उनले अहिले सरकार त्यही बाटोमा हिडिरहेको जिकिर गरे । श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नुपर्ने र त्यसका लागि जनताको जिवनलाई परिवर्तन गर्न सक्नुपर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले सरकारले भ्रष्टाचारमा संलग्नको मुख नहेरी संविधान र कानूनअनुसार निष्पक्ष ढंगले दृढतापूर्वक सुशासनको अभियानलाई अघि बढाउनुपर्ने जिकिर गरे ।