काठमाडौँ– अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि ११ आरोप लगाएका छन् ।
मंगलबार बयान दिँदै उनले अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै आफ्नो लडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताएका छन्।
उनले पराजुलीको एसएलसीको सर्टिफिकेट फेला नपरेको, उमेर सच्चाएर नागरिकता लिएको, मेडिकल माफियाको हितमा न्याय सम्पादन गरेको, विभिन्न पदहरुमा आफ्ना नातेदार नियुक्त गरेको लगायतका आरोप लगाएका छन् ।
यी विषयको अनुसन्धन हुनुपर्ने बताउँदै केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको मानहानि गरेको आरोप लगाएका छन् ।
हेर्नुस् डा. केसीको प्रधानन्यनयाधीश पराजुलीमाथिका ११ आरोप