काठमाडौं – पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह भारत पुगेका छन् ।


ADVERTISEMENT


भारतको उत्तर प्रदेश पुगेर उनले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सोमबार बिहान लखनउमा भेटघाट भएको हो ।


ADVERTISEMENT

# # #


भेटघाटमा भएको कुराकानीको बारेमा केही जानकारी नदिइए पनि मुख्यमन्त्री योगी आदित्यनाथले ज्ञानेन्द्रसँगको तस्बिर सामाजिक सञ्जालमा ‘पोष्ट’ गरेका छन् ।

तीनवटा फोटो सामाजिक सञ्जालमा शेयर गर्दै योगीले लखनउस्थित सरकारी निवासमा नेपालका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहसँग भेट गरेर दोसल्ला ओढाएर कुम्भको लोगो प्रदान गरिएको उल्लेख गरेका छन् ।