काठमाडौं– निलम्बित नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी)लाई जवाफ पठाउने भएको छ । केही समयअघि निलम्बनमा परेको क्यानले आइसीसीले दिएको समयसिमा भित्र जवाफ पठाउन थालेको हो ।


ADVERTISEMENT


यसअघि आइसीसीले क्यानलाई २२ डिसेम्बरसम्ममा आफु पुनरबहाली हुनुपर्ने सन्तोषजनक कारणसहित जवाफ पठाउन निर्देशन दिएको थियो । आइसीसीले दिएको समयसीमाको दुई दिनअघिनै क्यानले पत्र पठाउन लागेको बताइएको छ ।


ADVERTISEMENT

# # #


भदौमा क्यानको साधारणसभाले सल्लाहकार समुहले निर्माण गरेको नयाँ विधान अनुमोदन गरेको थियो । तर सल्लाहकार समुहले निर्माण गरेको सो विधानका केही बुँदामा विवाद देखिएपछि सो विषय आइसीसीसम्म पुगेको थियो । नयाँ विधान आइसीसीसम्म पुगेपनि उसले जवाफ पठाउन भनेको थियो ।