काठमाडौँ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउँदो मन्त्रिपरिषद्को बैठकले गर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार आयोगमा आयोजित पत्रकारसम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले आयोगले एकैचरणमा गर्नेगरी निर्वाचनको मिति सरकारलाई सिफारिस गसिसकेकाले आउँदो मन्त्रिपरिषद् बैठकबाट निर्वाचन मिति घोषणा हुने दाबी गरेका हुन् । उनले निर्वाचन मंसिर ४ गते हुने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘आयोगको परामर्शमा निर्वाचनको मिति तय हुने कानुनी व्यवस्था अनुसार यति भनौँ आउँदो क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचन हुनेगरी मिति तोकियो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ ।’

उनले यसअघिको निर्वाचन भन्दा यसपटकको निर्वाचनमा साढे २ अर्ब खर्च कम भएको जनाए । उनका अनुसार निर्वाचन एकैचरणमा हुनु, निर्वाचनमा खटिने जनशक्तिका सेवासुविधा कटौती गर्नु, यसअघिका केही निर्वाचन सामग्री प्रयोग गरेकाले खर्च कम भएको बताए । मितव्ययी निर्वाचनको नारामा आयोग नचुकेको उनको भनाई छ ।