काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज तेस्रो दिन पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।


ADVERTISEMENT


सोमवारबाट शुरु भएको बैठकमा आज स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ सङ्घ सङ्गठनको विधानसहित विविध विषयमा केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।


ADVERTISEMENT

# # #


मङ्गलवार दोस्रो दिन बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । सह महामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए ।

आगामी चुनावमा कसरी जाने भन्नेमा नेताहरूको मिश्रित प्रतिक्रिया आए पछि गठबन्धन गर्नुपर्ने पक्षमा बलियो मत रहे पनि कसरी गर्ने भन्ने बारेमा छलफलबाट निर्णय हुनुपर्ने निष्कर्ष निकालेको थिए ।

आगामी निर्वाचनका लागि पार्टीले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान फेरि सञ्चालन गर्नेसमेत निर्णय लिएको हो ।