काठमाडौं – रसियाले युक्रेनको एक सपिङ सेन्टरमा मिसाइल प्रहार गरेको छ। मिसाइल प्रहारबाट कम्तीमा १६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ भने ५० जना बढी घाइते भएका छन्।


ADVERTISEMENT


घाइतेहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ। क्रेमेन्चुक सहरमा रहेको सपिङ मलमा आक्रमणको समयमा एक हजार जना मानिसहरु रहेको युक्रेनका राष्ट्रपति भोलोदमेयर जेलेन्स्कीले जनाएका छन्। जर्मनीमा जारी जि ७ बैठकमा सहभागी विश्वका नेताहरुले यसलाई रसियाको घृणित कार्यको संज्ञा दिएका छन्।


ADVERTISEMENT

# # #


उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै निर्दोषहरुमा माथि रसियाले युद्ध अपराध गरेकोसमेत जनाएका छन्। रसियाले उक्त क्षेत्रमा लामो दुरीका दुई मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ। रसियाले आइतवारमात्र किभमा दर्जन मिसाइल प्रहार गरेको थियो।