काठमाडौँ –गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुट सम्बन्धि सम्झौता गरेको छ ।
सम्झौता अनुरुप, ब्लुक्रस हस्पिटलले यस विकास बैंकका मोबाईल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्ताहरुलाई स्ट्यान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिनिङ प्याकेजमा ४५% सम्मको छुट प्रदान गर्नेछ । साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरिएको बैँकदे जनाएको छ ।
ग्राहकरुले छुटसम्बन्त्री विस्तृत जानकारी विकास बैंकको आधिकारीक वेवसाईटबाट पनि हेर्न सक्ने भएका छन् । हाल, यस विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय एवं ५१ एटीएमबाट सरल, सुलभ तथा गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।