काठमाडौँ– नेपालमा विदेशी फिल्मको प्रदर्शनमा कडाइ गर्नुपर्ने माग गर्दै नेपाली फिल्मकर्मीले चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन् ।
निर्देशक शोभित बस्नेत, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्माता उदय सुब्बा लगायतको टोलीले आइतबार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटेर ९ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
सो ज्ञापनपत्रमा फिल्म विधेयक २०७७ लाई संसदबाट अनुमोदन गरिनुपर्ने, चलचित्र विकास बोर्डलाई स्वायत्त बनाइनुपर्ने, राष्ट्रिय चलचित्र नीति २०७१ कार्यन्वयन गरिनुपर्ने, विदेशी फिल्मलाई नेपालमा प्रदर्शन कडाई गरिनुपर्नेलगायतका मागहरु सुचीबद्व छन् ।