काठमाडौँ– आज नेपाल बन्द रहेको हल्ला चलेपनि उपत्यकाको जनजीवन सामान्य अवस्थामै रहेको छ ।
बन्दका हल्लाका कारण कारण केही शिक्षण संस्था बन्द रहेपनि बजार, कलकारखाना, यातायातलगायत भने सामान्य दिनमाझै यथावत् चलिरहेका छन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्रकुमार धानुकले बन्दको कुनै प्रभाव उपत्यामा नपरेको बताए । बन्दको हल्लाका कारण बिहान न्यून मात्रामा सार्वजनिक सवारीसधान चलेपनि दिउँसोदेखि उल्लेख्य मात्रामा सवारीसधान चलेका छन् ।
आज नेपाल बन्द रहेको हल्ला चलेपनि कुन पार्टी वा संगठनले बन्द आह्वान गरेको भन्ने नखुलेपछि यो केवल हल्लामात्रै रहेको आँकलन गरिएको छ ।
बन्द आह्वान गरेको भनिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र पूर्व जनमुक्ति सेना दुवैले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको यसअघिनै स्पष्ट पारिसकेका छन् ।