काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सह–सचिवमा नेपाली काँग्रेसका युवा नेता चुडामणी कँडेल नियुक्त भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयमा विशिष्ठ श्रेणीका रूपमा कँडेलले सह-सचिव सरह जिम्मेवारी पाएका हुन् ।
कँडेलले लामो समय काँग्रेसका प्रभावशाली नेता पूर्वगृहमन्त्री खुमबहादुर खड्का, पूर्वगृहराज्यमन्त्री एवं नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँ, पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सचिवालयमा समेत स्वकीय सचिवका रूपमा सफलतापूर्वक जिम्मेवारी निभाईसकेका छन् ।
शालिन, बौद्धिक, ईमान्दार छबिका कँडेल व्यवस्थापकीय कुशलतामा अब्बल मानिन्छन् । अँग्रेजी विषयमा स्नातकोत्तर गरेका उनले पार्टीका लागि दिएको महत्वपूर्ण योगदानको चर्चा समेत हुने गरेको छ ।
नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य समेत रहेका कँडेल पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतका साथ निर्वाचित भएका हुन् । उद्योगी व्यवसायी विनाेद चाैधरी सँयाेजक रहेकाे नेपाली काँग्रेसकाे महत्वकांक्षी लगानी पूर्वाधार र राेजगार विशेष समितिका राजनीतिक संयाेजकका रूपमा समेत कँडेलकाे जिम्मेवारी रहेकाे छ ।
काँग्रेस शीर्ष नेताहरू देखि देशैभरीका नेता कार्यकर्ताहरू माझ प्रिय मानिएका कँडेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नियुक्ति पाएसँगै प्रधानमन्त्री देउवाको सचिवालय अझ सशक्त र प्रभावकारी बन्ने अनुमान गरिएको छ ।