काठमाडौँ – ललितपुर जिल्ला अदालतले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको निर्वाचनसहितको साधारण सभा नगर्न अन्तिरिम आदेश दिएको छ ।


ADVERTISEMENT


बुधबार ललितपुर जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले पुस २९ गते तोकिएको संघको साधारणसभा हाललाई नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेशमा संघविरुद्ध सहकारी विभागमा परेको उजुरी कारबाहीयुक्त अवस्थामा रहेको र कोरोना संक्रमण बढेपछि गृहमन्त्रालयले जारी गरेको पछिल्लो सूचना अनुसार २५ जनाभन्दा बढी व्यक्ति सार्वजनिक ठाउँमा भेला नहुन आग्रह गरेकाले हाललाई संघको साधारण सभा यथास्थितिमा राख्नू भनिएको छ ।


ADVERTISEMENT

# # #


संघले एक राष्ट्रिय पत्रिकामा सूचना जारी गर्दै सञ्चालक समितिको निर्णय अनुसार पुस २९ गते साधारणसभा गर्ने जनाएको थियो । तर, २८ वटा संस्थाले सदस्यताका लागि निवेदन दिएपछि थप सदस्यता प्रदान गर्नेबाट रोक्ने विषय उल्लेख गरी सहकारी विभागमा उजुरी परेको थियो ।

उक्त उजुरीमाथि कारबाही विभागमा विचाराधीन रहेको अवस्थामा संघका उपाध्यक्ष लगायत केही सहकारी सञ्चालकले पुस २४ गते सञ्चालक समितिको बैठक बसेर साधारणसभा पूर्वनिर्धारित मिति पुस २९ गते नै गर्ने निर्णय गरेपछि जिल्ला अदालतमा उजुरी परेको थियो । सोही उजुरीमाथि बुधबार अन्तरिम आदेश आएको हो ।

अन्तरिम आदेश हेर्नुहोस्: