काठमाडौँ – नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैँकले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो । साथै बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउापालिकासँग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने छ । साथै त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको बैँकले जनाएको छ ।
कार्यक्रममा स्थाननीय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । अन्तक्रियाको दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।
बैतडीको पञ्चेश्वर गाउँपालिकामा ८ दिने तालिम कार्यक्रम सुरु
बैँकले बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धि ८ दिने तालिम कार्यक्रम सुरु भएको छ ।
यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउ“पालिका बीच त्रिपक्षीय समझदारी भएको थियो । यस कार्यक्रमले स्थानीय युवाहरुलाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन भूमिका खेल्ने बताइएको छ । यस्तै उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ ।
पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु पुस ११ देखि पुस १८ गतेसम्म संचालन भएको ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागी भएका थिए। तालिममा ४०० जनाले आवेदन दिएका थिए ।
नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दीगो बैँकिङको सुरुवात गरेको हो ।
नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दीगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दीगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशील कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको छ ।