काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघिदेखि अस्पताल भर्ना गरिएको थियो । केही चेकजाँचपछि उनको कलेजोमा वंशाणुगत समस्या देखिएको थियो ।
घरमा आराम गर्दा र औषधी खाँदा पनि सुधार नआएपछि नेपाली चिकित्सकहरुले नै थप उपचारका लागि बैंकक जान सुझाव दिएको पुनको सचिवालयले जानकारी दिएको छ ।
शुरूमा भाइरल ज्वरो आएर भाइरल निमोनिया भएपछि उनलाई थाइल्याण्ड लगेर उपचार गरिएको थियो । त्यहाँ करिब महिना दिन बसेर उपचार गरेर उनी स्वदेश फर्किएका थिए ।