काठमाडाैं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपाल सम्मिलित दोस्रो शृंखलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्नेछ ।
यसअघिका तीन खेलमा दुईमा हार र एकमा जित निकालेको नेपाली टिम अन्तिम खेलमा जितका साथ प्रतियोगिता टुंग्याउने लक्ष्यमा छ । तर यो खेलमा पनि नेपाली टिमलाई जित निकाल्नका लागि निकै कठिन हुनेछ ।
ओमानसँग लिग टु को सिरिजमा एकपनि जित निकाल्न नसकेको नेपालले अन्तिम खेलमा जित निकालेर सुखद नतिजाको अपेक्षा गरेको छ ।ओमानको कन्डिसनमा अन्तिम खेलमा नेपाललाई दबाव रहेको छ ।
नेपाली टिममा यो खेलका लागि सुरुवाती ११ मा परिवर्तन हुने संभावना छ । याे खेल प्रशिक्षक डेभ ह्वाटमोरका लागि नेपाली टिमबाट अन्तिम खेल हाे ।
अघिल्लाे वर्ष मुख्य प्रशिक्षकमा अनुबन्ध भएका उनले घरेलु कारण देखाउँदै यसअघि नै राजीनामा दिइसकेका छन् ।