काठमाडौँ–नेपालमा थप १ हजार ७ सय ६० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ६० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार २ सय २० रहेको छ । यसैगरि, पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।