काठमाडौँ– बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा, साँगाचोकगढी नगापालिका–१० घर भई हाल कागेश्वरी मनोहरा –०७ बस्दै आएका ३९ वर्षीय दिपक कार्की रहेका छन् ।
उनलाई वि.सं २०७६ फागुन ११ गते उच्च अदालत , पाटनले ३० लाख रुपैँया जरिवाना सहित ७ दिनको कैद सजाय तोकेको थियो । यद्यपि उनी त्यसपछि फरार भएका थिए ।
उनको निगारानी राखी खोजतलासी गर्ने क्रममा कार्कीलाई सोमबार काँडाघारीबाट पक्राउ गरिएको हो । हाल उनलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सुचना अधिकृत तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जनाएका छन् ।