काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवार बनाउने घोषणा गरेको छ ।


ADVERTISEMENT


बिहीबार समूहको बैठक पछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले एकता कायम गर्दै महाधिवेशनका लागि साझा उम्मेदवार बनाउने जानकारी गराएको हो ।


ADVERTISEMENT

# # #


वरिष्ठ नेता पौडेलले भने, ‘पार्टीका लाखौँ नेता कार्यकर्ता साथीहरुलाई एउटा हामी के सन्देश दिन चाहन्छौँ भने हामी यो पार्टीभित्र, जो सुधारको पक्षमा छौँ, पार्टीलाई जनताको आशा भरोसाको केन्द्र र लोकतान्त्र साकार गर्न चाहनेहरु भोलिको निर्वाचनमा एउटै सभापतिको उम्मेदवार दिएर नेतृत्व गर्ने प्यानल दिनेछौँ ।’

उनले एक आपसमा खटपट नगरेर पार्टी, लोकतन्त्र र मुलुकको अस्तित्व जोगाउनका लागि आफूहरु एक भएर अघि बढ्ने उनले बताए । १४ औँ महाधिवेशनको अन्त्यसम्म पनि आफूहरुको एकता अटुट रहने नेता पौडेलले दाबी गरे ।

उनले अघि थपे, ‘हामी सबैसँगको सल्लाहले सभापतिको एउटै उम्मेदवार दिन्छौँ । ढुक्क रहन म देशभरिका सबै साथीहरुलाई हार्दिक अनुरोध गर्दछु ।’ उनले सभापतिको उम्मेदवार को हुने भन्ने विषय भने केही समयका लागि थाती राखेको बताए ।

कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि कांग्रेसका युवा नेता गगन थापाले महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै नेता कल्याण गुरुङले सभापतिमो उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यता सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा दोहारिने गरी तयारी थालिरहेका छन् । तर, देउवा निकट मानिने बिलिया नेता विमललेन्द्र निधिले महाधिवेशनमा सभापति उठ्ने दाबी गर्दै आएका छन् । उनले त्यसको तयारीका लागि नयाँ बानेश्वरमा आफ्नो सम्पर्क कार्यालय समेत खोलेका छन् ।