काठमाडौँ – सरकारले बुधवार (बैसाख १६ गते) देखि १५ दिन काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । सोमवार साँझ काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक आदेश जारी गरी अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेकोमा सरकारले त्यसलाई परिमार्जन गरी १५ दिन निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


सरकारले काठमाडौं उपत्यकामा यातायातसहित सबै प्रकारका सभा–सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, नाटकगृह, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना लगायतका सबै क्षेत्र बन्द गरिएको छ । यद्यपि, लकडाउनमा सबै सेवा बन्द हुने भएपनि निषेधाज्ञामा भने केही अत्यावश्यक क्षेत्र भने खुला हुने गर्छन् । सरकारले यो अवधिमा अत्यावश्यक सेवा दिने निजी तथा सरकाररी सेवा खुला गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


यो अवधिमा बिहाना १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खाद्य सामाग्री पसल, डिपार्टमेन्ट स्टोर बिहाना १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । खाद्यान्न, एम्बुलेन्स, मिडिया र सुरक्षाकर्मीका सवारीसाधन, एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायत ढुवानीका साधन सञ्चालन हुनेछन् ।

बैंक र वित्तीय संस्था पनि सञ्चालन गर्न दिइने निर्णय भएको छ । प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्मको उपस्थितिमा बिबाह र व्रतवन्ध गर्न सकिनेछ । यस्तै सरकारले यातायात क्षेत्र बन्द गरेपनि हवाइ उडान भने खुला राख्ने निर्णय गरेको छ ।