काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेदरल्याण्डविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । नेपाललाई कुशल मल्लले चौथो विकेट दिलाएका हुन् ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनले आर्यान दत्तलाई डकआउट गरे । यस्तै सन्दीप लामिछानेले तीन विकेट लिएका छन् । उनले नेदरल्याण्डका म्याक्स ओ’डाउड (९), बेन कूपर (५५) र टोवियस भिसी (१५) लाई हाउट पारेका हुन् ।


ADVERTISEMENT

# # #


टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले २०६ रन बनाएको थियो । २०७ रनको चुनौति पाएको नेदरल्याण्डले जवाफी ब्याटिङ गर्दैछ । ताजा अवस्थामा नेदरल्याण्डले १५ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १४२ रन बनाएको छ ।