काठमाडौँ – चिनियाँ लगानीमा बन्ने औधोगिक पार्क शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन् ।
झापाको कमल गाउँपालिकादेखि गौरादह नगरपालिकासम्म फैलिने चीन नेपाल मैत्री औद्योगिक पार्क शिलान्यासका लागि प्रधानमन्त्री गृहजिल्ला झापा जान लागेका हुन् ।
उक्त पार्क सार्वजनिक निजी साझेदारीअन्तर्गत ६४ अर्ब लगानीमा बन्नेछ ।