जाजरकोट– यहाँको त्रिवेणी नलगाड– ८ बगारामा रा १ ज ४२७ नंको जिप पल्टिँदा दुईजना घाइते भएका छन् ।
घाइते वडा नं ८ मन्मैका टीकाराम केसी र चालकका सहयोगी रामबहादुर विकको रुकुमको राडीमा रहेको श्रीनगर मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक वीरबहादुर खत्रीले जानकारी दिए।
बगाराबाट मन्मै जाने जिपको वरिपरि यात्रु झुण्डिएर गएका कारण भार थाम्न नसकी पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
अनुभव नभएका चालकका सहयोगीले गाडी चलाउँदा जिप पल्टिएको स्थानीयले बताएका छन् । प्रहरीचौकी मैदेबाट प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।